३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

‘आर्थिक मन्दी’बाट चिन्तित छैन चीन

‘आर्थिक मन्दी’बाट चिन्तित छैन चीन
अ+ अ-

काठमाडौं । सन् २०१८ मा आर्थिक विकासको दर सबैभन्दा कम रहेको जानकारी चीनले सोमबार आधिकारिक रुपमा दिएको छ । सन् २०१८ मा चीनको जीडीपीको दर ६.६ प्रतिशत छ ।

चीनमा चासो राख्ने अन्तर्राष्ट्रिय जगत र मिडियाले यसलाई निकै प्राथमिकता दिए । यसबाट चीनको प्रगतिमा असर पर्ने मात्र होइन, पूरै विश्वको अर्थव्यवस्था प्रभावित हुने विश्लेषणसमेत गरे ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चीनमा अर्थव्यवस्थाको सुस्त गतिले विश्वभरको आर्थिक बजारमा गिरावट आउने प्रक्षेपण गरेको छ । बेक्जिटमा सहमति नभएको र चीनको कम आर्थिक वृद्धिले पूरै विश्व प्रभावित हुन सक्ने आईएमएफको विश्लेषण थियो ।

तर चीनले २१ जनवरीमा सार्वजनिक गरेको तथ्यांक उसको लक्ष्य अनुसारकै हो । चीनले पहिले नै भनिसकेको थियो कि अर्थव्यवस्थामा मन्दी आएमा त्यसलाई नियन्त्रित तरिकाले अगाडि बढाइने छ । चिनियाँ मिडियाहरुले पनि सकारात्मक तथ्यांक प्रस्तुत गरिरहेका छन् ।

सन् २०१८ को अन्तिम तीन महिनामा चीनको अर्थव्यवस्था ६ दशमलव ४ प्रतिशतको दरले बढेको थियो । यो दर सन् २००९ को वैश्विक मन्दीपछिकै सबैभन्दा कम हो । चीन सरकारको नियन्त्रणमा रहेका मिडियाहरुलाई भने यसलाई अमेरिकासँग जारी व्यापार युद्धको असर भन्न बन्देज छ ।

संकटमा छैन अर्थव्यवस्था

अमेरिकासँग ट्रेडवार सुरु हुनुभन्दा अगाडिदेखि नै चीन आर्थिक मन्दीको उपायमा जुटेको थियो । ट्रेडवार पछि भने यसको गति थप बढाइएको थियो ।

चिनियाँ मिडियाले अमेरिका र युरोपियन युनियनको लगातार कम रहने जीडीपी दरलाई पनि मतलव गरेका छैनन् । बरु ६ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिले चीनको तत्कालीन आवश्यकतालाई दर्शाउँछ ।

चीनको पत्रिका ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘विदेशी मिडियाको हतारको टिप्पणी २८ वर्षयताको सबैभन्दा कम जीडीपी र व्यापारिक मन्दीको दबावमा आएको छ । यो सत्य हो र यसमा ध्यान दिन पर्दछ । तर, केबल सुस्त दरमा मात्र ध्यान दिइमा गलत ब्याख्याको खतरा हुन्छ ।’

सम्पादकीयमा लेखिएको छ- अर्थव्यवस्थाको सुस्त दर सरकारको त्यो निर्णयको असर हो जसमा पर्यावरणलाई हानी पुर्‍याउने उद्योगविरुद्ध कारबाही भइरहेको छ साथै प्रविधिलाई स्तरोन्नती गर्नेतर्फ ध्यान केन्दि्रत गरिएको छ ।

ग्लोबल टाइम्स लेख्छ, ‘पर्यावरण र पारिस्थितिक प्रणालीमा ठूलो मूल्य चुकाएको भए चीनको विकासको दर उच्च रहन्थ्यो । साथै मानिसको आर्थिक र जीवनस्तर सुधारमा असफल पनि भइन्थ्यो ।’

ग्लोबल टाइम्सका अनुसार ६ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदरले चीन संकटको मुखमा रहेको देखाउँदैन बरु यो अप्ठ्यारो परिस्थितिको समाधान र जोखिम नियन्त्रण गर्ने प्रक्रिया हो ।’

सरकारले हासिल गर्‍यो लक्ष्य

चीनको अहिलेको विकासको ६ दशमलव ६ प्रतिशत दर सरकारको लक्ष्यअनुसारकै हो । यही कारण चीनबाट प्रकाशित अंग्रेजी भाषाको मुख्य पत्रिकाले राष्ट्रिय तथ्यांक व्यूरोलाई उद्धृत गर्दै २१ जनवरीमा समाचारको शीर्षक राखेको छ- ‘चीनको जीडीपी २०१८ मा ६.६ प्रतिशतसम्म पुग्यो : एनबीएस’ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेली पत्रिकाले राष्ट्रिय तथ्यांक व्यूरो (एनबीएस)ले सार्वजनिक गरेको दोस्रो तथ्यांकलाई बढी प्राथमिकताका साथ उल्लेख गरेको छ । पत्रिकाले लेखेको छ, चीनको जीडीपीमा पहिलो पटक ९ सय खबर युआन अर्थात करिब १३२ खर्ब डलर भन्दाले वृद्धि भएको छ ।

पिपुल्स डेलीले यसलाई नयाँ कदम भनेको छ । २२ जनवरीको अंकमा यस समाचारलाई पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ । यो समाचारलाई राष्ट्रपति शी जिनपिङले प्रान्तीय पार्टी कार्यकर्ताहरुको बैठकमा गरेको महत्वपूर्ण भाषणभन्दा पनि स्थान दिइएको छ ।

पिपुल्स डेलीले पनि ६.६ प्रतिशत वृद्धिकोको तथ्यांकबारे चर्चा गरेको छ । साथै समाचारमा लेखिएको छ, ‘चीनले विश्वको आर्थिक विकासमा ३० प्रतिशत योगदान गर्दछ र चीन सबैभन्दा बढी योगदान गर्ने देश बनेको छ ।’

पिपुल्स डेली पत्रिकाको दोस्रो पानामा विस्तृत विवरणसहितको रिपोर्ट प्रकाशित छ । यसमा यस्ता तथ्यांकहरु छन् जसले अन्तर्राष्ट्रिय मिडियाहरुको तथ्यांकलाई खण्डन गरिदिएको छ । पत्रिकाका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभसँग जोडिएका देशहरुसँग चीनको आयात निर्यातमा १३ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी सकारात्मक समाचार सिन्ह्वा समाचार एजेन्सीले लेखेको छ । ६.६ प्रतिशतको ताजा तथ्यांकले चीनको अर्थव्यवस्था विश्वको अपेक्षामा छ भन्ने देखाउँछ ।

उसले लेखेको छ, ‘यो आंकडा अन्तर्राष्ट्रिय संरक्षणवादको अप्ठ्यारो स्थितिमा हासिल भएको छ र चीनले बाहिरबाट पनि चुनौतिहरुको सामना गरिरहेको छ । यो नतिजाले चीनको अर्थव्यवस्थाको एकाग्रता, दबदबा र चमत्कारलाई देखाउँछ ।’

बिबिसीबाट साभार