१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस आक्रामक-आज आन्दोलनका कार्यक्रम घोषणा गर्ने



अ+ अ-

काठमाडौँ — आफ्नो विरोध र नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक संसदको बहुमतबाट पारित गरिएपछि प्रमुख प्रतिपक्षी कांग्रेस सरकार र सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति आक्रामक बनेको छ ।

संसद् बैठकलगत्तै संसदीय दलको आकस्मिक बैठकले सभामुख महरा सत्ताको लाचार छाया बनेको भन्दै सशक्त संघर्ष गर्ने निर्णय गरेको हो । दुई तिहाइको बलमा प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न लागेको भन्दै कांग्रेसले सदन र सडक दुवै मोर्चाबाट आन्दोलन गर्ने घोषणासमेत गरेको छ ।
‘संसदीय अभ्यासमा सभामुख सत्तासामु निरीह हुन सक्दैनन्, निष्पक्षता र निर्भीकताबाट मात्रै संसदीय मर्यादा कायम रहन्छ, स्थापित नजिर र परम्परा जोगिन्छ, लोकतान्त्रिक अभ्यास पुष्ट हुन्छ,’ दलका नेता शेरबहादुर देउवाको अध्यक्षताको दलको बैठकले भनेको छ, ‘आजको बैठकमा सम्माननीय सभामुखको भूमिका यस्तो अपेक्षाविपरीत हुुन पुग्यो, यो दुर्भाग्यपूर्ण हो ।’
कांग्रेसले संविधानको मर्म, भावना र लोकतान्त्रिक मूल्य तथा संसदको मर्यादा कायम राख्न सशक्त संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुख अमुक पार्टीको कार्यकर्ताजस्तो भएर निरंकुश शैलीमा प्रकट भएको आरोप लगाए । कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका अस्पताललाई संघ मातहतबाट हटाएकोमा संसद् अवरोध गर्दै आएको थियो । यी दुई अस्पताललाई संघमै राख्नुपर्ने र डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने एजेन्डा लिएर अवरोध गर्दै आएको हो ।