१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

सरकारी शिक्षण संस्थामा स्नातकोत्तर तहको शिक्षालाई निःशुल्क

सरकारी शिक्षण संस्थामा स्नातकोत्तर तहको शिक्षालाई निःशुल्क
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयकले सरकारी शिक्षण संस्थामा स्नातकोत्तर तहको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था गरेको छ । स्नातक तहका मेडिकल र डेन्टलको अध्ययनमा पनि सार्वजनिक शिक्षण संस्थाले कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यसरी छात्रवृत्ति उपलब्ध गराए बापत सरकारले त्यस्ता शिक्षण संस्थालाई एकमुष्ठ रूपमा अनुदान प्रदान गर्नेछ । अनुदान तथा छात्रवृत्तिसम्बन्धी अन्य व्यवस्था नियमावली वा विनियमावलीले गर्नेछ । चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको नतिजा अनुसार छात्रवृत्ति लगायतका अन्य व्यवस्था तय हुनेछ ।

प्रतिनिधिसभाबाट शुक्रबार पारित विधेयकको दफा १७(७) मा भनिएको छ ‘‘सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि व्यवस्था गर्नु पर्नेछ र आयोगको परामर्शमा त्यस्तो सिट संख्या क्रमशः वृद्धि गर्दै लैजान सकिनेछ ।’’

निःशुल्क वा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको हकमा सरकारले तोकेको स्थानमा निश्चित अवधि अनिवार्य सेवा गर्नु पर्नेछ । पारित विधेयकले सुगम र दुर्गम क्षेत्रमा एक/एक वर्ष सेवा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि मूल विधेयकले सुगममा तीन वर्ष वा दुर्गममा एक वर्ष सेवा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

विद्यार्थीले नै भुक्तानी गर्नुपर्ने रकमको हकमा भने कूल लागत रकमको एक तिहाइ पहिलो वर्षमा र बाँकी रकम वार्षिकरुपमा किस्तावन्दीमा भुक्तानी गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ । शुल्क निर्धारण गर्दा मुद्रास्फिती, भौगोलिक स्थिति, छात्रवृत्ति र निःशुल्क सेवासमेत हेरेर विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्ताको परामर्शमा आयोगले तोक्नेछ ।