९ फाल्गुन २०८१, शुक्रबार
February 21, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.35

Wind: 6.69

Humidity: 42

Latest
लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको मन्त्री दाहालको स्वीकारोक्ति सरकारलाई सुमनाको प्रश्नः विद्यार्थीमाथि शारीरिक र मानसिक यातना हुँदा समेत नडराउ म छु भन्न सक्दैन जापान सरकारद्वारा शहरी क्षेत्रमा आउने भालु मार्न पाउने व्यवस्था अनुमोदन पुँजीगत खर्च बढाउन राजनीतिक नेतृत्वमा दृढ संकल्प हुन जरुरीः सांसदहरु समाचार एजेन्सी एपी ‘कट्टर वामपन्थी सङ्गठन’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप सात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्ः महामन्त्री थापा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने निजामति विधेयकबारे छलफल गर्न ११ सदस्यीय उपसमिति गठन, एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी शिक्षण संस्थामा स्नातकोत्तर तहको शिक्षालाई निःशुल्क



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयकले सरकारी शिक्षण संस्थामा स्नातकोत्तर तहको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था गरेको छ । स्नातक तहका मेडिकल र डेन्टलको अध्ययनमा पनि सार्वजनिक शिक्षण संस्थाले कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यसरी छात्रवृत्ति उपलब्ध गराए बापत सरकारले त्यस्ता शिक्षण संस्थालाई एकमुष्ठ रूपमा अनुदान प्रदान गर्नेछ । अनुदान तथा छात्रवृत्तिसम्बन्धी अन्य व्यवस्था नियमावली वा विनियमावलीले गर्नेछ । चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको नतिजा अनुसार छात्रवृत्ति लगायतका अन्य व्यवस्था तय हुनेछ ।

प्रतिनिधिसभाबाट शुक्रबार पारित विधेयकको दफा १७(७) मा भनिएको छ ‘‘सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि व्यवस्था गर्नु पर्नेछ र आयोगको परामर्शमा त्यस्तो सिट संख्या क्रमशः वृद्धि गर्दै लैजान सकिनेछ ।’’

निःशुल्क वा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको हकमा सरकारले तोकेको स्थानमा निश्चित अवधि अनिवार्य सेवा गर्नु पर्नेछ । पारित विधेयकले सुगम र दुर्गम क्षेत्रमा एक/एक वर्ष सेवा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि मूल विधेयकले सुगममा तीन वर्ष वा दुर्गममा एक वर्ष सेवा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

विद्यार्थीले नै भुक्तानी गर्नुपर्ने रकमको हकमा भने कूल लागत रकमको एक तिहाइ पहिलो वर्षमा र बाँकी रकम वार्षिकरुपमा किस्तावन्दीमा भुक्तानी गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ । शुल्क निर्धारण गर्दा मुद्रास्फिती, भौगोलिक स्थिति, छात्रवृत्ति र निःशुल्क सेवासमेत हेरेर विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्ताको परामर्शमा आयोगले तोक्नेछ ।