२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाप्रति बालेनको कडा टिप्पणी: अल्छीहरूको देश हो, उनीहरु आफैँले बनाउन सक्दैनन् !



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गर्नुभएको छ ।

बिहिबार साँझ सामाजिक संञ्जाल फेसबुकमा अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन र मेन्सन गर्दे राख्नु भएको स्टाटसमा यस्तो टिप्पणी गर्नुभएको हो ।

मेयर साहले अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाउनु भएको छ । उहाँले ट्रम्पलाई सम्बोधन गर्दै लेख्नुभएको छ -‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।

मेयर साहले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

”हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोड्दैछन्।

तपाईं गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्; तपाईं अल्छी मानिसहरूलाई यसको लागि बाँकी संसार चाहिन्छ” उनले भनेका छन् ।

यस्तै,  ‘आफ्नो वासना (DV) दासत्व पनि बन्द गर्नुहोस्; हामी हाम्रा रत्नहरू फिर्ता पाउनेछौं’ भन्दै उनले अगाडि लेखेका छन, ”आफ्नो देशबाट बाँकी संसारलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।”