१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारलाई सुमनाको प्रश्नः विद्यार्थीमाथि शारीरिक र मानसिक यातना हुँदा समेत नडराउ म छु भन्न सक्दैन

सरकारलाई सुमनाको प्रश्नः विद्यार्थीमाथि शारीरिक र मानसिक यातना हुँदा समेत नडराउ म छु भन्न सक्दैन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत विद्यार्थीहरु अझै ढुक्क भएर फर्किन सक्ने अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

सांसद श्रेष्ठले ओडिसा राज्यस्थित केआइआइटीमा अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको निधनपछि त्यहाँ उत्पन्न परिस्थितीलाई स्मरण गराउँदै नेपाली विद्यार्थी देश र देश बाहिर कतै सुरक्षित नरहेको प्रतिक्रिया दिएकी हुन् ।

उनले नेपाली विद्यार्थीमाथि शारीरिक र मानसिक यातना हुँदा समेत सरकार ‘नडराऊ म छु’ भनेर भन्न नसकेको भन्दै आपत्ति जनाएकी छन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्– ‘के हामी नेपाली त्यति साह्रो निरिह हो कि हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना दिँदा समेत सरकार “नडराऊ म छु” भनेर भन्न सक्दैन ?’

‘अर्काको देशमा पैसा तिरेर आफै पढ्न जाँदा हाम्रो छोरी, हाम्रो बहिनी, हाम्रो नातिनी मर्ने सम्मको स्थितिमा पुग्छिन् त अरू रेल्वे स्टेशनमा फालिन्छन् । हाम्रो सरकारले “आइन्दा उसले त्यस्तो गर्दैन, फिर्ता जाऊ” भन्न सकेको कसरी ?’ उनले अगाडि प्रश्न गरेकी छन् ।

यस्तै, सांसद श्रेष्ठले यसबारे आफूले संसदमा कुरा उठाउन खोज्दा समय नदिएको भन्दै आपत्ति जनाएकी छन् । उनले भनेकी छन् – ‘सदन केही नभएको जस्तो चल्छ, सदनमा बोल्न दिदैनन्, नेपाल सरकार उताको प्रशासनले भनेको कुरामा ढुक्क हुँदै बसेको छ, विद्यार्थीलाई एक्लै छोडी दियो अभिभावकत्व सकियो ।’