१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको मन्त्री दाहालको स्वीकारोक्ति

लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको मन्त्री दाहालको स्वीकारोक्ति
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको स्वीकार गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बौल्दै मन्त्री दाहालले स्मार्ट कार्ड वितरणमा मन्त्रालयले प्रगति गर्न नसकेको स्वीकार गर्नुभएको हो ।

विपद् व्यवस्थापनको क्षेत्रमा मन्त्रालयले उल्लेख्य प्रगति गरेको भएपनि मूल्याङ्कन नगरिएको उहाँको गुनासो छ । उहाँले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक समीक्षाका क्रममा भौतिक मन्त्रालयको प्रगति ७.९ प्रतिशत मात्रै आएको कारण मन्त्रालयको नाम नै प्रगतिको आधारमा ७।९ राखिएको भएपनि आफूहरु निराश नभएको बताउनु भयो । उहाँले बुटवल–नारायणगढ र मुग्लिङ–पोखरा सडकखण्ड निर्माणमा उल्लेख प्रगति भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्मार्ट लाइसेन्स चाँही हामीले ९ लाख छापेर दिने भनेका रहेछौं । तर हामीले १ लाख ६९ हजार ४ सय ३९ मात्र दिन सकेका रहेछौं । यो हाम्रो पुवर प्रगति हो । हामीले पानी जहाज विधेयक संसदमा पेश गर्ने भनेका रहेछौं । त्यो हामीले पेश गरेका छौं । यसबीचमा हामी विपद्को लागि कामहरु गरेका छौं । यसको चाँही मूल्याङ्कन नै नगर्ने त ? अहिले त भौतिक पूर्वाधार मन्त्रालयको नाम नै ७.९ भयो क्या । यस सवालमा म निराश भएका छैन । हामीले धेरै कामहरु गरेका छौं । काम गर्ने प्रयत्न गरेका छौँ । बुटवल नारायणगढ सडकखण्डमा हामीले यति धेरै प्रयत्न ग¥यौं कि भनि साध्य नै छैन । यस सम्बधमा हामीले चिनियाँ उच्च लिडरसिपसँग पनि हामीले यो विषयमा कुराकानी गरेका छौं । यो त देशको लाइफलाइन हो नि । त्यहाँ काम नहुने भयो । ठेक्का टोडेर बनाए पछाडि जाने भएका कराण त्यही ठेकेदारको पछि लागेर त्यो सम्पन्न गर्ने चरणमा पुगेका छौं । मुग्लिङ–पोखरा जानुभयो भने हामीलाई तपाईले धन्यावाद दिनुहुन्छ । हामीले काम गरिराखेका छौं ।’

उहाँले कुनैपनि सांसद एवं मन्त्रीको प्रगति विवरणको मार्कसिट वितरण नगर्न समेत अनुरोध गर्नुभयो ।