• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

झापामा आगलागी : साढे एघार लाखको क्षति



बनियानी । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको क्षति भएको छ ।

झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, दुई मन तोरी, चार चौपाया, फर्निचरका सामान र भाडावर्तन जलेर नष्ट भएको छ । आगलागी बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार साँझ झापा कनकाई नगरपालिका–४ का लङ्कबहादुर खड्काको घरमा आगलागी हुँदा रू दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।

खड्काको फुसको छानो र टाटी बेरा लगाएको एकतले घरमा आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ कुखुरा जलेर नष्ट भएको जिप्रका झापाले जनाएको छ । आगलागी इलाका प्रहरी कर्यालय सुरुङ्गा र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको र आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
–––