२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.39

Wind: 1.54

Humidity: 82

Latest
काठमाडौँमा सुरु भयो पहिलो ‘ललितकला मेला–२०८२’ अन्तरदेशीय प्रसारण लाइन निर्माण कम्पनी स्थापनाका लागि सम्झौताको मस्यौदा तयार गरिँदै सङ्घका नवनिर्वाचित कार्यसमितिलाई सभापति देउवाद्वारा बधाई तथा शुभकामना राजस्व छलि आरोपमा मुद्दा दायर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घट्यो रवि विरुद्धको मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न अदालतको आदेश ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा आगलागी : साढे एघार लाखको क्षति



अ+ अ-

बनियानी । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको क्षति भएको छ ।

झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, दुई मन तोरी, चार चौपाया, फर्निचरका सामान र भाडावर्तन जलेर नष्ट भएको छ । आगलागी बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार साँझ झापा कनकाई नगरपालिका–४ का लङ्कबहादुर खड्काको घरमा आगलागी हुँदा रू दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।

खड्काको फुसको छानो र टाटी बेरा लगाएको एकतले घरमा आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ कुखुरा जलेर नष्ट भएको जिप्रका झापाले जनाएको छ । आगलागी इलाका प्रहरी कर्यालय सुरुङ्गा र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको र आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
–––