४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो



अ+ अ-

ब्रमाडीन्हो । ब्राजिलको दक्षिणपूर्वी मिनास राज्यमा शुक्रबार बाँध भत्किएर मृत्यु हुनेहरुको संख्या ३४ पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिबार बिहान घटनास्थलबाट ४६ जनालाई उद्धार गरिएको छ ।

खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीले बनाएको बाँध भत्किएका कारण उक्त दुःखद घटना भएको हो ।

जीवितै उद्धार गरिएकामध्ये २३ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

भेल कम्पनीका अनुसार कम्पनीका अरु २५२ जना कामदार अझै बेपत्ता छन् ।

घटनास्थलमा अझै पनि खोजी तथा उद्धारका लागि छुट्टा छुट्टै टोलीहरु परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।

बाँध भत्किएसँगै माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धारमा खटिएकाले जानकारी दिएका छन् ।