२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुको आतंक रोक्न रातभरी खेतमा रेडियो घन्कीन्छ



अ+ अ-

काठमाडौं । हामी रेडियो केको लागि बजाउँछौं र? गीत सुन्न, समाचार सुन्न वा स्थानीय बजार बुझ्न यस्तै यस्तै उत्तर आउँला सामान्यतया सबैको ।

बढीमा कतिपयले टाइमपास गर्न रेडियो सुन्छु भन्लान् । तर नवलपरासीमा निकुञ्ज आसपासका बासिन्दाले भने वन्यजन्तुको आक्रमण रोक्न रेडियो बजाउन थालेका छन् ।

सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य यही हो । त्यसो त अझै पनि कुखुरा पालक किसानहरुले बाहिरको होहल्ला कुखुराको खोरसम्म जान नदिनका लागि कुखुराको खोरमा ठूलो आवाजमा रेडियो बजाएर छाड्छन् ।

किसानले यसको सफल अभ्यास गरेको लामै समय भयो । तर, अहिले त्यही ठूलो आवाजको रेडियो वन्यजन्तुको आतंक रोक्न काम लागेको छ ।

देवचुली नगरपालिकाका बसन्त पोख्रेल अहिले राति ८–९ बजेपछि आफ्नो बारीको बिचमा रेडियो लान्छन् र ठूला आवाजमा बजाएर छाड्छन् ।

उनले भने, ‘रेडियोका आवाज मान्छे बोलिराखेझै मानेर होला, रेडियो बजाएर छाडेको दिन खेतबारीमा वन्यजन्तुले नोक्सान पारेको हुँदैन ।’

चितवन राष्ट्रिय निकुञ्ज नजिकै खेतबारी भएका पोख्रेललाई पहिला आफ्नो बारीमा लगाएको अन्यबाली चितवन राष्ट्रिय निकुञ्जबाट आउँने बदेल, गैडा, बाँदर लगायतका जनवारले खाएर सताउने गर्दथ्यो ।

अहिले ठूलो आवाजमा रेडियो बजाएर छाडिदिने गरे पनि जंगली जनवारले नसताएको उनले बताए ।

उनले सांझ ८, ९ बजेदेखि विहान उज्यालो नहुँदासम्म बजाएर राखिदिने गरेको बताए । पोख्रेलले भने, ‘अहिले हाइसन्चो भएको छ । जंगली जनवार हाम्रो गहना हो त्यसलाई क्षति पुर्याउन पनि भएन त्यसैले यस्तो जुक्ति लगाको काम भयो ।’

पोख्रेलले प्रयोग गरेको जुक्ति अहिले धेरैले प्रयोग गर्न थालेका छन् । खेतमा न मान्छे हुन्छ न त कुनै घर तर पनि निकुञ्ज नजिक खेत बारी भएका प्रायले अहिले रातिको समय ठूलो आवाजमा जंगली जनवारलाई त्यहाँ मान्छे भएको भान पार्न रेडियो बजाएर छाड्ने गरेका छन् ।

देवचुली नगरपालिकाकै वडा नम्बर २ मा बस्ने नारायण भण्डारीले पनि आफूले पनि खेतमा जंगली जनवारको आतंक रोक्न रातिको समय रेडियो बजाएर छाड्ने गरेको बताए ।

निकुञ्जबाट निस्कने जनावरले पूर्व नवलपरासीको दक्षिण क्षेत्रमा बालीनालीमा मात्र नोक्सान पुर्याउने नभई कहिले काँही मानवीय तथा जनधनमा पनि क्षति पुर्याउने गरेको छ ।

यहाँ रहेका मध्यवर्तीहरुले निकुञ्जको जंगली जनवार गाउँ नपसोस भनेर शुरुमा कांडेतारबार गरे त्यो सफल भएन त्यस पछि विद्युतीय झड्का दिने तारबार गरे तर त्यो पनि सफल नभएपछि निकुञ्ज र मानववस्ती बीच दुरी कायम राख्न वालपर्खाल नै लगाउन शुरु गरेको छ । समाचार राजधानी दैनिकमा छ ।