३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

क्रिकेटमा इतिहास कायम गर्ने मौका

क्रिकेटमा इतिहास कायम गर्ने मौका
अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ ।

गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स ९युएई०मा रहेको नेपालले आज घरेलु टोलीसँग तेस्रो एक दिवसीय खेल खेल्दैछ ।

घरेलु टोलीसँग तीन खेलको एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि युएईमा रहेको नेपालले आज अन्तिम एक दिवसीय खेल खेल्न लागेको हो । यसअघि भएको पहिलो खेलमा पराजित तथा दोस्रो खेलमा विजयी भएको नेपालले आजको खेल जित्न सके नेपाली क्रिकेट इतिहासमा पहिलो एक दिवसीय शृङ्खला जित्ने इतिहास कायम गर्नेछ ।

नेपालले खेलेको पहिलो एक दिवसीय शृङ्खला भने बराबरी भएको थियो । नेपालले गएको असारमा नेदरल्याण्डसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । जुन शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।

नेपालले शृङ्खला जित्ने जित्ने आधार

युएईको बलियो पक्ष रहँदै आएको ब्याटिङ यो शृङ्खलामा नचल्नु युएई हारको प्रमुख कारण बनेको छ । पहिलो खेलमा युएईलाई नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउन हम्मेहम्मे परेको थियो भने दोस्रो खेलमा युएई ९७ रनमै समेटिएको थियो ।

युएईका अनुभवी खेलाडी तथा कप्तान रोहन मुस्तफा र रामिज शाहजादको अनुपस्थितिले युएईको ब्याट कमजोर बनेको छ । मुस्तफा र शाहजादसहित एहमद राजा युएई क्रिकेट बोर्डले आठ हप्ताको लागि निलम्बन गरेको छ ।

यसैगरी विश्वस्तरीय स्पिनर सन्दिप लामिछानेको उपस्थितिले नेपालको बलिङ पक्ष मजबुत रहेको छ भने सोमपाल कामीको लय पनि उत्कृष्ट रहेको छ । सन्दिप र सोमपालले दुई खेलमा समान छ÷छ विकेट लिइसकेका छन् ।

यसैगरी पहिलो खेलको तुलनामा नेपालले ब्याटिङमा निकै सुधार गरेको छ । पहिलो खेलमा ११३ रनमा ‘अल आउट’ भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै २४२ रन बनाएको ।

नेपालका प्रशिक्षक जगत टमाटाले दोस्रो खेलको जस्तै नेपालले उत्कृष्ट ब्याटिङ गरे आजको खेल जित्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बलिङमा हामीलाई समस्या छैन, ब्याटिङ लाइन राम्रो हुनसके हामी शृङ्खला जित्छौँ ।”

नेपाललाई पहिलो एक दिवसीय शृङ्खला जित्न आजको खेलमा शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नुपर्ने कप्तान पारस खड्काको भनाइ छ । दोस्रो खेलमा युवा स्टार रोहितकुमार पौडेलले कीर्तिमानी अर्धशतक बनाएका थिए ।