७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता

ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्धारा आधा दर्जन टिपरमाथि आगजनी

ठक्करबाट एक बालिकाको मृत्यु,  स्थानीयद्धारा आधा दर्जन टिपरमाथि आगजनी
अ+ अ-

बिराटचौक । मोरङको बिराटचोकमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बिराटचोक सुन्दरहरैचा नगरपालिका ११ सिसौघारी बस्ने ११ बर्षिया लक्ष्मी ढकाल रहेकी छिन् ।

सोमबार मोरङको बिराटचोकबाट बिराटनगर तर्फ जाँदै गरेको ना ३३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट ढकालको घटनास्थलमै मृत्यु भएको हो । बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अहिले सम्म ७ वटा ट्रिपर जलाएका छन् ।

ठक्कर दिई भागेको टिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएपछि स्थानीयले सोही ठाँउमा गई आगो लगाएका थिए । चालक फरार रहेको र टिपर पुर्णरुपमा जलेको ईलाका प्रहरी कार्यलय बेलबारीका सई महेन्द्र पराजुलीले बताएका छन ।

प्रहरीका अनुसार ६ वटा टिपर र एकवटा ट्रक जलाईसकेको र भिड नियन्त्रण गर्न सकिएको छैन् ।

उनीहरुले शवलाई सडकमा राखेर अहिले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनले सुन्दरहरैंचा तनावग्रस्त बनेको छ ।

अवस्था तनावग्रस्त बनेपछि त्यसको नियन्त्रणका लागि अहिले प्रहरी परिचालन गरिएको छ ।