२ मंसिर २०८१, आईतवार
,
Latest
हेटौँडा–१२ को वडाअध्यक्षमा एमाले उम्मेदवार नगरकोटीको मनोनयन दर्ता लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भयो धरहरा कीर्तिपुरमा नेपाल मजदुर किसान पार्टीले गर्‍यो उम्मेदवारी दर्ता कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने ‘स्त्री’ पछि अब श्रद्धा कपुर नागिन बन्ने कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा एमालेले दियो उम्मेदवारी भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण, ‘ऐतिहासिक’ परीक्षणको प्रशंसा गोविन्दाको छातीमा दुखाई, अस्पताल भर्ना गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बानियाँको उम्मेदवारी दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुबाट दुईको मृत्यु, ३७ सय प्रभावित



अ+ अ-

कोलम्बो । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।

यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ ।

प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन् । त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्यकर्मीहरुले प्रभावितलाई तत्काल औषधोपचारको आवश्यकता रहेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।
बिरामीहरुमा उच्च ज्वरो, लगातार बान्ता, पेट दुख्ने, चक्कर लाग्ने, पिसाब बन्द हुनेलगायतका समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।

“यस रोगबाट प्रभावित सबै बिरामीहरुलाई आरामको आवश्यकता हुन्छ, त्यसैले उनीहरुलाई काम र विद्यालयहरुबाट छुटकारा दिनु पर्छ,” चिकित्सकहरुको भनाई छ ।

गत बर्ष पनि श्रीलङ्कामा डेंगुका कारण ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए ।