१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूतद्वारा खानेपानी आयोजना हस्तान्तरण



अ+ अ-

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ राङरुङमा निर्माण सम्पन्न खानेपानी आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि फिनल्याण्डका राजदूत पोटी एन्टिनेटले मङ्गलबार सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । उक्त आयोजना कूल रु आठ लाख १५ हजारमा निर्माण भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

युनिसेफको सहयोगमा निर्माण भएको सो आयोजनाबाट त्यस क्षेत्रका बासिन्दा लाभिान्वित भएका छन् । भूकम्पपछि खानेपानीको समस्या हुँदा त्यहाँ खानेपानीको आयोजना निर्माण गरिएको हो । युनिसेफ र श्री स्बारा सघन गाउँ विकास केन्द्र गोरखाको साझेदारीमा सो आयोजना निर्माण सम्पन गरिएको हो ।