२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रे : बार्सिलोना र सेभिल्लाको निर्णायक भिडन्त, हराउने दाउमा सेभिल्ला



अ+ अ-

काठमाडौं । स्पेनको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा साबिक विजेता बार्सिलोना र उपविजेता सेभिल्लाको खेल हुदैछ । खेल नेपाली समय अनुसार आज राति २ः१५ बजे बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सुरु हुनेछ ।

प्रतियोगिताको अन्तिम आठअन्तर्गत आज दोस्रो लेगको निर्णायक खेल हुन लागेको हो । पहिलो लेगमा बार्सिलोनाले सेभिल्लालाई उस्कै घरमा २–० ले पराजित गरेको थियो ।

पहिलो लेगमा २ गोलले पछि परेको सेभिल्लाले आज बदला लिन सक्छ । भने बार्सिलोनाले पुनः उत्कृष्ट खेल देखाउने मौका पाएको छ । सेमिफाइनल पुग्न आज सेभिल्लाले खेल ३–० ले जित्नु पर्ने छ । भने बार्सिलोनाले बराबरी खेलेमा मात्र पनि काफि हुने छ ।

लेगको पहिलो खेलमा कप्तान लियोनल मेस्सी,लुइस स्वारेज र फिलिपे कोउटिन्होलगायत खेलाडीलाई आराम दिईएको थियो ।

तर, आजको खेलमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले सेभिल्लाविरुद्ध आफ्ना पहिलो रोजाइका खेलाडी मैदान उतार्ने तयारी गरेका छन् । खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै उनले यो खेल फाइनल सरह रहेको बताउँदै कुनै गल्ती नगर्ने बताएका छन् ।

आजको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र लुइस स्वारेज सुरुवाती टोलीमा हुनेछन्