२४ असार २०८३, बुधबार
,
Latest
अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दहीको नियमित सेवनले यी रोगलाई गर्छ फाइदा, जान्नुहोस्



फाईल फोटो
अ+ अ-

काठमाडौँ । दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्नु राम्रो मानिन्छ । दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ । यसले अरू खानेकुराबाट प्राप्त पौष्टिक तत्वलाई पनि शरीरमा पचाउन मद्दत गर्छ । पीरो र मसालादार खानेकुरा खाएपछि उत्पन्न तातोपनालाई दहीले चिस्याउन मद्दत गर्छ ।

मुटु स्वस्थ राख्नका लागि दही लाभदायक हुन्छ । यसको नियमित प्रयोगले उच्च रक्तचापको जोखिम हटाउँछ र मुटुका धमनीलाई बाक्लो हुनबाट रोकेर कोलेस्ट्रोल घटाउँछ ।

दहीमा विद्यमान असल ब्याक्टेरियाले शरीरमा भएका अनेकौं हानिकारक सूक्ष्म कोषिकासँग लडेर शरीरको रोगप्रतिरोधात्मक क्षमतामा अभिवृद्धि गर्छ । दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ ।

छाला चम्किलो बनाउन तथा कपालको चायाँ हटाउन दहीले मद्दत गर्छ । यसमा हुने ल्याक्टिक एसिड र एन्टी फंगल प्रपर्टीले चायाँ निर्मूल गराउँछ । तनाव घटाउन समेत दहीले मद्दत गर्छ ।

एक अमेरिकी विश्वविद्यालयले गरेको अध्ययन अनुसार मानसिक पीडाका लागि जिम्मेवार दिमागी तन्तुलाई निष्क्रिय बनाउन दहीले भूमिका खेल्छ । (एजेन्सी)