१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ कानून निर्माण



अ+ अ-

खस्यौली । सैनामैना नगरपालिकाले अहिलेसम्म ४३ कानून निर्माण गरेको छ । तीमध्ये २० विभिन्न ऐन, चार नियमावली, १९ कार्यविधि र निर्देशिका रहेका छन् । त्यीमध्ये फोहरमैला व्यवस्थापन ऐन २०७४, नगरपालिका शिक्षा ऐन २०७४, नगरपालिका संस्था दर्ता ऐन २०७५, कृषि व्यवसाय प्रर्वद्धन ऐन २०७४ बढी प्रभावकारी भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै कार्यविधि तथा निर्देशिकामा टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४, नगरपालिका पदाधिकारीको आचारसंहिता २०७४, फोहर व्यवस्थापन कार्यविधि २०७४ पनि प्रभावकारी देखिएको नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

“केन्द्रको कानूनसँग नबाझिने गरी निर्माण भएका कानूनले दिनहुँ कार्यसम्पादन गर्न सहज भएको छ”, उहाँले भन्नुभयो । अधिकांश कानून राजपत्रमा प्रकाशित भइसकेका छन् ।