१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा दुई सय टिपर तेर्स्याएर सडक अवरुद्ध



अ+ अ-

काठमाडौं । माघ १४ गते मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् ।

प्रदर्शनीमा उत्रिएका व्यवसायीलाई प्रहरीले विराटनगर गेटमा रोकेपछि सडक अवरुद्ध गरेका हुन् । उनीहरुले करिब दुई सय टिपर सडकमा तेर्स्याएका हुन् । ।

माघ १४ गते सुन्दरहरैचामा टिपरको ठक्करबाट बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए । आगजनीको विरोधमा टिपर व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।