२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पहिलो विकेट गयो, पारस शून्य मै आउट



अ+ अ-

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई शून्य रनमै आउट भएका हुन् ।

आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ नेपालले १०८ रनको समान्य चुनौती पायो।

यूएईका लागि सीपी रिजवनले ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अभिनाशले आउट गराए ।

त्यस्तै, यूएईका साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै,गुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत तीन रनमा आउट हुदा मोहम्मद उस्मान भने शुन्य रनमै आउट भए ।

नेपालका लागि अभिनाश बोहोराले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरको समाप्तिमा २० रन खर्चेर तीन विकेट लिए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन् । त्यस्तै, करण केसीले दुई विकेट लिए ।