२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्षमा पुनः ओली निर्वाचित



अ+ अ-

चितवन । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् ।  ओलीले भीम रावललाई भारी मतले पछि पार्दै दोस्रो कार्यकालका लागि एमालेको नेतृत्व लिएका हुन् ।

मतदानको परिणाम अनुसार अध्यक्षमा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी रावलले २२३ मत प्राप्त गरे । सर्वसम्मतमा नेतृत्व चयन हुन नसकेपछि मतादान भएको थियो । 

को हुन् ओली ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः पार्टीको सर्वोच्च पदमा पुगेका छन् । उनी चितवनमा भएको महाधिवेशनबाट अध्यक्ष चयन भएका हुन् ।  हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा रहेका ओली २००८ साल फागुन ११ गते शनिबारका दिन इवा–२ तेह्रथुममा जन्मिएका हुन् । 

ओली परिवार पछि रणामती–६, झापामा बसाइँ सरेको थियो । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले डेढ वर्ष उमेरमै आमाको काख गुमाएका थिए । गरिव परिवार र आमाको वात्सल्यसमेत गुम्न पुगेकाले बाल्यकाल यिनको अत्यन्त दुःखपूर्ण रूपले बित्यो ।

ओलीले डेढ दशक विभिन्न जेलमा जेलजीवन बिताएका छन् । ०४६ सालको जनआन्दोलनको सफलतापछि जेलमुक्त बनेका उनी त्यसबेलादेखि लगातार एमालेको केन्द्रीय राजनीतिमा हावी रहँदै आएका छन् । 

लामो समय जेलनेल भोगेका नेता ओलीको राजनीतिक यात्रा झापाबाटै शुरु भएको हो । चर्चित झापा विद्रोहका एक मुख्य पात्र केपी ओली उक्त विद्रोहकालीन एक मात्र जीवित नेता हुन् । लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका नेता भनी ओली परिचित छन् । 

तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक खड्गप्रसाद ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । सोही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेलजीवन बिताए । 

पाचौं महाधिवशेनमा मदन भण्डारीलाई साथ दिएका ओलीले छैठौं महाधिवेनपछि पार्टी विभाजित हुँदा एमालेलाई बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै आठौं महाधिवेशनमा बुटवलमा झलनाथ खनालसँग ओली एक सय १७ मतले पराजित भएका थिए । 

२०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा ओलीले १०४७ मत प्राप्त गर्दै माधव कुमार नेपाललाई अध्यक्षमा पराजित गरेका थिए । त्यसबेला नेपालले १००३ मत पाएका थिए ।

ओलीलाई आफ्नो लाइनमा स्पष्ट, वैचारिक अडान भएका र प्रष्ट नेताका रुपमा विपक्षीले समेत स्वीकार गर्ने गरेका छन् ।  एमालेभित्र सबै पक्षलाई मिलाउनुपर्ने र देशको राजनीतिलाई पनि सही दिशा दिनुपर्ने जिम्मेवारी उनको काँधमा आएको छ ।