७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालियोः प्रकाशमान सिंह (भिडियो सहित)

पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालियोः प्रकाशमान सिंह (भिडियो सहित)
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली कांग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको बताउनुभएको हो ।

आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमिकमजोरी देखा पर्न थालको उहाँले बताउनुभयो । पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उहाँले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘१७ सालदेखि ४६ सालको पिरियडसम्म कांग्रेस मुल्य र मान्यताको राजनीतिमा आधारित थियो । ४६ पछि मुल्य, मान्यताको राजनीतिलाई महत्व नदिइकन, आदर्शको राजनीतिलाई महत्व नदिइकन शक्तिकेन्द्रीत राजनीतिमा जोड दिइयो । सत्ताको राजनीतिलाई जोड दिएको कारणले गर्दाखेरी कमी कमजोरी देखा पर्न थालेको छ । प्रजातान्त्रिक पार्टी, आन्तरिक डेमोक्र्याटिक एक्सरसाइज त हुनुपर्यो । तल्लो तहदेखि केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुप¥यो । विधिसम्मत्, नियमसम्मत् तवरले पार्टी चल्नुपर्यो। संस्थागत रुपमा पार्टी चल्नुपर्यो।’

नेता सिंहले नेपालका राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसकेको बताउनुभयो । राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसक्दा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई जनतासम्म प्रभावकारी रुपले पुर्याउन नसकिएको उहाँको भनाई छ । राजनीतिक पार्टीमा भएका कमी, कमजोरी र विकृतिहरुलाई हटाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘राजनीतिक पार्टी संस्थागत गर्नै सकेको छैन सबभन्दा कमजोरी पक्ष । जुन दलले नेतृत्व गर्यो, क्रान्ति गर्यो । त्यही दलमा संस्थागत हुन नसकेपछि त गाह्रो हुँदोरहेछ नि । प्राप्त भएका जुन अधिकारहरु हुन्, प्राप्त गरेका जुन उपलब्धिहरु छन् ति उपलब्धिहरुलाई जनतासम्म पुर्याउनको लागि प्रभावकारी माध्यम भनेको राजनीतिक दल हो । राजनीतिक पार्टीमा कमीकमजोरी के हो भन्दाखेरी पार्टी संस्थागत नै हुन सकेको छैन । संस्थागत नभएको कारणले, अहिले सिस्टममा नै कमी, कमजोरीहरु देखा परेको कारणले, राजनीतिक कमी कमजोरीहरुलाई फिल्टर गर्ने त पार्टीहरु हुन् नि त । कांग्रेसमा देखा परेका कमी, कमजोरी, विकृतिहरु हटाउनका लागि फिल्टर गर्न जोड दिए राम्रो हुन्छ ।’

उहाँले प्रजातान्त्रिक प्रणालीको रक्षाको निम्ति कांग्रेसलाई मजबुद बनाउनुपर्ने बताउनुभयो । कांग्रेसलाई विधिसम्मत्, नियमसम्मत् र संस्थागत रुपमा चुनौती सामना गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा परिणत गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।