२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वार्टरफाइनल मै रोकियो संकटा



अ+ अ-

पोखरा । नेपाल पुलिस क्लबले लिग उपविजेता सीएमजी क्लब संंकटालाई छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा पराजित गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको अन्तिम प्रि–क्वार्टरफाइनलमा पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको हो । अभिषेक रिजाल र रवि पासवानले गोल गरे ।

११औं मिनेटमै सुवास गुरुङको पासमा विदेशी खेलाडी म्याक्सवेल एलोनको गोलबाट अग्रता लिएको थियो । ३१औं मिनेटमा पुलिसका खेलाडी नीरकुमार राईको ब्याक पासमा अभिषेक रिजालले गोल गर्दै खेल बराबरीमा ल्याए । ५४औं मिनेटमा पुलिसका लागि रवि पासवानले गोल गर्दै टिमलाई अग्रता दिए । विपक्षी किपर राजाबाबु थापा बिट भएको अवस्थामा रविले बललाई जाली चुमाउन सफल भएका हुन् । रवि नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । यस सिजनमा खप्तड गोल्डकपको सेमिफाइनलमा पुलिसले संकटालाई पराजित गरेको थियो । लिगमा भने संकटाले २–१ ले जित हात पारेको थियो । राजधानी दैनिकमा खबर छ ।