३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

बार्सिलोनालाई जिताउने जिम्मेवारीको साथ अगाडि बढ्छन् मेस्सी !

बार्सिलोनालाई जिताउने जिम्मेवारीको साथ अगाडि बढ्छन् मेस्सी !
अ+ अ-

काठमाडौँ । फुटबल भन्ने नाम सुन्दै मुखमा आईहाल्ने फुटबल खेलाडिको ना हो लियोनल मेस्सी । उक्त नाम फुटबल खेल पारखीको मुखमा त झुन्डिन्छ नै मेस्सीको सामना गर्ने कल्ब होस् वा देशका खेलाडि सबैको मुखमा मेस्सी नै आउने गर्दछ । कुनै बालकलाई फुटबल खेलेर को जस्तो बन्छै भनेर प्रश्न गरे मेस्सी नै भन्छन् ।

हो मेस्सी चाहे उनि जतिनै विपक्षी सर्मथकको बिल्लाको पात्र भएपनि उनि कहिले हार मन्दैनन् । अरुको आफुलाई उडाउने कुरामै झन दरिलो भएर उभिन सक्ने खेलाडि मध्ये एक खेलाडि मेस्सी मानिन्छन् । उनले सन् २०१४ को विश्व कपको समाप्तिपछि सन्यासको घोषण समेत पनि नगरेका होईनन् । तर आफ्ना फ्यानका लागि सब भुलेर फेरी घाँसे मैदाननमा उत्रिन सक्ने खेलाडिको रुपमा मेस्सी बाहेक अरु कसैलाई देख्न सकिएन् ।

हो उनै मेस्सी अहिले आफ्नो देश अर्जोन्टिनाका मात्रै होईनन् उनि स्पेनिस बार्सिलोनाका कप्तान समेत भएका छन् । उनको काँधमा आफ्नो टिमलाई जिताउने भार रहेको छ । चाहे मरेर हुन्छ की डटेर हुन्छ जित त दिलाउन नै लाग्छन् । बर्षले ३१ पुगिसकेका मेस्सीको खेलमा बुढोपना पाउन सकिदैन् ।अहिले उनि खेलमा झन निखारता ल्याएर युवा झै खेल्न थालेका छन् । गोल मात्रै गर्दैनन् उनि टोलीको जितमा कप्तानी भूमिकामा समेत निर्वाह गर्छन् ।

आफ्नो टिमको घारिलो हतियार बनेका मेस्सीले न त हार्न जाने न त हार खान नै ! गत राति ला लिगाअन्तर्गत भएको भ्यालेन्सियाविरुद्धको खेलमा पनि हारि सकेको आफ्नो कल्ब बार्सिलोनालाई उनले पून जन्म दिए । क्याम्प नाउमा भएको खेलमा ०–२ ले पछि परेको अवस्थामा २ गोल गर्दै टोलीलाई हारबाट जोगाए र फ्यानको सामू अझ हिरो बने ।

यस्ता महत्वपूर्ण गोल उनले यो खेलमा मात्रै गरेका होईनन् । उनको यस्तो निर्णयक गोल त दजनौ भईसके । उनले जब आफ्नो टोली हारको संघारमा पुग्छ तब गोलकको ढोका खुलाउन उनि पुग्छन् र गोल गर्छन । जब उनि गोल गर्छन अनि खेल मैदानमा ठुलो आवाज गुन्जिन्छ मेस्सी मेस्सी ! हो उनै मेस्सीले आजसम्म हार मानेका छैनन् । नत उनि पैसाको मोहमा नै परेर कल्ब परिर्वतन गरे नत गर्न नै खोजे ।

उनले आफ्नो घर बार्सिलोना नै बनाए र २०१८ / १९ मा त नकआउट प्रतियोगिता कोपा डे रे फुटबलमा मेस्सीले मात्रै २ खेल खेल्दै २ गोल र २ गोलकै लागि असिस्टसमेत गरे । सामन्यता खेलाडिले आफुले मात्रै गोल गरुम भन्ने भावना राख्छन् तर मेस्सीमो त्यो भावना कहिल्यै रहेन ।उनले नत पेनाल्टी पाउदा बल खोस्न नै पुगे नत फ्रि किक पाउदा नै पुगे । उनले त्यस्ता मौका पाउदा खेलमा भबिष्य देखेर बार्सिलोनामा आउने खेलाडिको नाममा उक्त मौकाको सदुपयोग गर्न दिए । कोपा डे रेमा कुनै पनि कार्ड नपाएका मेस्सी ला लिगामा भने एउटा कार्ड खान पुगे ।

२० खेल खेलेका मेस्सीले एक मात्रै पहेंलो कार्ड पाए । उनि अरु खेलाडि जस्तो न आतिएर खेले नत मातिएर नै खेले । उनि सम्हालिएर खेले । उनले जम्मा २० खेलामा २१ गोल र युरोपका टप–५ लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । नत कुनै घमण्ड नत कुनै फुर्ति सदाबाहार खेलहरु खेल्दै गए र १० गोलका लागि असिस्टसमेत दिए । उनि ला लिगाको सर्वाधिक गोलकर्ता नै बने ।

जारी लिगमा २७ खेल खेलेका मेस्सीले २९ गोल र १५ असिस्ट गरे । यो सिजन युरोपका शीर्ष लिगमा सबैभन्दा चाँडो २० गोलको आँकडा पार गर्ने पहिलो खेलाडी पनि बनेर देखाए । जुन किर्तिमान क्रिस्टियानो रोनाल्डोले समेत राख्न सकेन्न् । हुन त अब मेस्सी स्पेनका फुटबलका एक्ला राजा मानिने गर्छन् । उनि नै एक्ला राजा पनि हुन् । रोनाल्डो स्पेन छाडेर इटाली पुगेपछि हालमा कुनै पनि खेलाडि मेस्सीको दाजेमा पुग्न नसकिने स्थिति देखा परेको छ ।

ला लिगामा मेस्सीले पछिल्ला ८ खेलमा लगातार गोल गरे । उनले ला लिगाको करिअरमा दोस्रोपटक लगातार ८ खेलमा गोल गरेर र आफ्नै किर्तिमान भङ्ग समेत गरे । यता युरोपियन च्याम्पियन्स लिगको दोस्रो सर्वाधिक गोलकर्ता पनि बने उनले कूल ६ गोल गरे।

युरोपियन च्याम्पियन्स लिगमा पनि मेस्सीको प्रभाव उस्तै रहेको देख्न पाईयो । हरेक प्रतियोगितमा सेमिफाईनल बाटै घर फर्केका मेस्सीले यो सिजन ४ खेलमा ६ गोल र एक ह्याट्रिकसमेत हाने । यता, २०१८ मै खेलेको अर्को खेल सुपर कपमा पनि मेस्सीले एक खेलेर १ गोल गरे । त्यस्तै, जोन ग्यायम्र ट्रफी प्रतियोगितामा पनि मेस्सीले एक खेल खेल्दै १ गोल गरेर र समान १ असिस्ट गरे ।

बार्सिलोनमा उत्कृष्ट फरवार्डको लामो तालिका हुँदाहुँदै पनि कमजोर बनेको बेला मेस्सीमा नै निर्भर रहने गर्छन् । मेस्सीले चाहिने बेला टिमलाई दिएको योगदान महत्वपूर्ण छ । यसैले कमजोरीबाट गुज्रिरहेको बेला उनि खेलमा खतरनाक हुने गर्छन् । आफुमा कम घमण्डिपन, अनुशासन र खेलका बेला सहयोगी बन्दिने बानीले गर्दा जो कोहिको आखाँमा बस्ने गर्दछन् ।

हर खेलमा फरक फरक खेल कौसलले गर्दा भनुम वा अनुभवले भनुम उनि झन झन लयमा देखिन थालेका छन् । सालिनता र उच्च मेहनतले गर्दा नै उनले विपक्षी खेलाडिलाई मैदानमा धुलो चटान सक्ने क्षमता राख्छन् । जसको कारणले गर्दा न त मेस्सी कहिले हार्छन नत आफ्नो टिमलाई नै हार्न दिन्छन् ।

हो खेल परिर्वतन हुन्छ,मैदान परिर्वन हुन्छ, जिम्मेवारी परिर्वतन हुन्छ र खेलको लय पनि परिर्वतन हुन्छ । मेस्सीले यहि लयलाई निरन्तर कायम गर्न सके बार्सिलोनाको उपाधि होडमा आउने सबैलाई पाखा लगाउन सकिन्छ ।