३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

क्रिकेटले ल्यायो खुसी, नेपालको एकपछि अर्को उपलब्धि

क्रिकेटले ल्यायो खुसी, नेपालको एकपछि अर्को उपलब्धि
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उपलब्धि हात पार्दै आएको नेपाली क्रिकेटले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। अघिल्लो साता पहिलोपटक एकदिवसीय शृंखला जितेर इतिहास रचेको नेपाली टोलीले आइतबार टीट्वेन्टी क्रिकेटमा पनि पहिलो शृंखला हात पार्‍यो।

नेपालले आइतबार दुबईस्थित आईसीसी एकेडेमीमा खेलिएको तेस्रो तथा अन्तिम टीट्वेन्टी खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)लाई १४ रनले हरायो। अन्तिम जितसँगै नेपालले तीन खेलको टीट्वेन्टी शृंखला २—१ ले आफ्नो पक्षमा पारेको हो।

शृंखलाको पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेलमा भने नेपाल चार विकेटले विजयी भएको थियो। वर्षाका कारण आइतबार भएको तेस्रो खेललाई १०÷१० ओभरमा झारिएको थियो। टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाएर एक सय चार रन बनायो। जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ९० रनमात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रनको योगदान गरे। केवल १४ बलको सामना गरेका पारसले एक छक्का र चार चौका प्रहार गरे। सन्दीप जोराले पनि टोलीको खातामा २८ रन थपे। उनले केवल ११ बलको सामना गरी तीन छक्का हिर्काए। विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले पनि १३ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले २१ रन जोडे। बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन स्तरीय रह्यो।

यूएईलाई लक्ष्यसम्म पुग्न नदिन करण केसी, अभिनाश बोहरा र ललित राजवंशीले किफायती बलिङ गर्दै दुई÷दुई विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले पनि एक÷एक विकेट हात पारे।

यूएईका लागि साइमन अनवरले २० बलमा ३० र घुलाम साब्बरले १५ बलमा २५ रन बनाए पनि त्यसले टोलीको हारलाई टार्न सकेन। सन् २०१४ मा पहिलो पटक टीट्वेन्टी विश्वकप खेलेको नेपालले सोही वर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट दुई वर्षका लागि टीट्वेन्टी टोलीको मान्यता पाएको थियो।

यूएईविरुद्घ ऐतिहासिकल टीट्वेन्टी शृंखला जित्नुअघि पनि नेपालले दुईवटा टीट्वेन्टी शृंखला खेलेको थियो। तर, ती दुवै टीट्वेन्टी शृंखलामा नेपाल पराजित भएको थियो। नेपालले सन् २०१४ मा श्रीलंकामा हङ्कङसँग पहिलो टीट्वेन्टी शृंखला खेलेको थियो। उक्त शृंखलामा नेपाल १—० ले पराजित भएको थियो। यद्यपि, उक्त शृंखलामा अरु खेल वर्षाले बिथोलेका कारण अन्तिम खेलमात्र सम्भव भएको थियो। अन्तिम खेलमा हङ्कङ्सँग दुई विकेटले पराजित भएको थियो।

त्यसपछि सन् २०१५ मा नेपालले नेदरल्यान्ड्सँग चार खेलको टीट्वेन्टी शृंखला खेलेको थियो। उक्त शृंखलामा पनि नेपाल ३—१ ले पराजित भएको थियो। यसअघि अघिल्लो साता नेपालले यूएईलाई नै २—१ ले हराउँदै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको थियो। समाचार अन्नपूर्ण पोष्टमा छ ।