१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिना एकीकरणको अभियान संचालन गर्ने ओलीको घोषणा



अ+ अ-

सौराह । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनु भएको छ । अध्यक्ष ओलीले अवको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गर्नु भयो । चितवनको सौराहामा जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समापन गर्दै उहाँले पार्टीमा अनुशासन उलंघन सैह्य नहुने भन्दै त्यसै अनुसार काम गर्न पार्टीका अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अव तीन महिनासम्म पार्टीले एकीकरणको अभियान संचालन गर्नेछ । त्यो अभियान पार्टीका कार्यकर्ताहरुबीच हुनेछ । अरु पार्टीका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउन सो अभियान संचालन हुनेछ ।’

अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई अहंकार नदेखाउन पनि आग्रह गर्नु भयो । उहाँले नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुलाई जनताको सेवक बन्न र राष्ट्रको हितमा समर्पित भएर लाग्न सचेत गराउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलिबचन अपनाउने भनेर अरुका पार्टीका मानिसहरुले पनि अनुशरण गर्ने खालको हुनुपर्छ । हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन । नेता भएपछि अहंकारी हुँदैन ।’ अध्यक्ष ओलीले यही मंसीर २५ र २६ गते केन्द्रिय कमिटीको बैठक बोलाउने र पार्टी पोलिटव्यूरो तथा स्थायी कमिटी गठन गर्ने जानकारी पनि गराउनु भयो ।