१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी वरियतामा सोमपालको २२ स्थान सुधार, सन्दीप, पारस र बसन्त कतिमा ?



अ+ अ-

काठमाडौं । नेपालका युवा खेलाडी सोमपाल कामीले बरियतामा २२ स्थान सुधार गरेका छन् ।

अन्तर्रराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको टी–२० क्रिकेटको बलिङ बरियतामा यसअघि ९२ औं स्थानमा रहेका उनी २२ स्थानमाथि उक्लिदै ७० औं वरियतामा आइपुगेका हुन् ।

सोमपालले ४०९ रेटिङ अंक पाएका छन् । सोमपाल अलराउण्डरतर्फ पनि ५१ औं स्थानमा छन् ।

त्यस्तै, बलिङतर्फ नै नेपालका बसन्त रेग्मी ७१ औं स्थानमा छन् । त्यस्तै, सन्दीप लामिछानेले ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा आइपुगेका हुन् ।

अलराउन्डरतर्फ कप्तान पारस खड्काले ४० औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ भने ९० औं स्थानमा छन् ।

टि–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल यथावत रहेका छन् ।