१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुनकाण्ड : विराटनगरका थप दुई न्यायाधीश तानिए



अ+ अ-

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनुवाइ प्रकरणमा उच्च अदालत विराटनगरका थप दुई न्यायाधीशलाई न्याय परिषद्ले काजमा तानेको छ ।

मंगलबार काजमा तानिनेमा न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे रहेको विराटनगरका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए । न्यायाधीश सापकोटा र पाण्डेलाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको हो ।

सुन तस्करी प्रकरणको मुद्दालाई फुटाएर अलग अलग इजलासले सुनुवाइ गर्दा कार्यविधिका साथै केही मुद्दाको प्रमाण परीक्षणका विषयमा गम्भीर त्रुटि भेटिएको र आरोपितमाथिको निवेदन व्यवस्थापन र मुद्दाको सुनुवाइका क्रममा विवादमा मुछिएको भन्दै न्याय परिषद्ले काजमा तानेको हो ।

मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की छन्। उनीहरूको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई परिषद्ले खटाएको थियो।