१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुनकाण्ड : विराटनगरका थप दुई न्यायाधीश तानिए



अ+ अ-

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनुवाइ प्रकरणमा उच्च अदालत विराटनगरका थप दुई न्यायाधीशलाई न्याय परिषद्ले काजमा तानेको छ ।

मंगलबार काजमा तानिनेमा न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे रहेको विराटनगरका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए । न्यायाधीश सापकोटा र पाण्डेलाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको हो ।

सुन तस्करी प्रकरणको मुद्दालाई फुटाएर अलग अलग इजलासले सुनुवाइ गर्दा कार्यविधिका साथै केही मुद्दाको प्रमाण परीक्षणका विषयमा गम्भीर त्रुटि भेटिएको र आरोपितमाथिको निवेदन व्यवस्थापन र मुद्दाको सुनुवाइका क्रममा विवादमा मुछिएको भन्दै न्याय परिषद्ले काजमा तानेको हो ।

मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की छन्। उनीहरूको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई परिषद्ले खटाएको थियो।