१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे दुई करोड धरौटी बुझाएर गोपाल खड्का छुटे



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का रिहा भएका छन् । खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका छन् ।

अनुसन्धानको क्रममा खड्काले अमिता लामा सोदेम्बाको नाममा जम्मा रु. ७,५४,५७,८७५।- बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको देखिएको थियो ।

१. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००।- मा खरिद गरेको घर नं. ३२ ।
२. जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५।- मा खरिद गरेको ८ आना जग्गा ।
३. मूल्य रु. ८४,४६,०००।- मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी । 
४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।-
५. अमिता लामाको नाममा रहेको NMB बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको थियो।

खड्काको बयानअनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार, सुदर्शनलाई ९ लाख ९९ हजार, र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएका थिए। उनिहरुलाई सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट रकम भुक्तानी गरेको खुलाएका थिए ।

ऋषि धमलालाई पनि चन्दा

खड्काले अख्तियारमा दिएको बयानमा आफूले ऋषि धमलालाई पनि चन्दा दिएको बताएका
थिए । विभिन्न कार्यक्रम र प्रचारप्रसारका लागि आफूले धमलाई नविल बैंकको १७१००१७५०४८६२ नम्बरको खाताबाट चन्दा दिएका बताएका थिए ।

हाल खड्काको काठमाडौं विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ ‘ग’ मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००।- भुक्तानी दिएकोरोडशो रियलस्टेट प्रा.लि. ले पत्रसहित उक्त रकम बराबरको Good For Payment चेक, उक्त चेकको रकम रू. ८९,८९,०००।- जफत समेत गरिएको थियो ।

अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसपछि विशेष अदालतले उनलाई हाजिर हुन आउन म्याद पठाएको थियो ।