३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमईका सिइओ पोखरेल म्यानेजर अफ दि इयर, अर्थसचिव खनाल उत्कृष्ट कर्मचारी



अ+ अ-

काठमाडौं। आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यो वर्षको म्यानेजर अफ दि इयर २०१८  अवार्ड प्राप्त गरेका छन्। म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक पोखरेलले हात पारेका हुन्। 

यसैगरी आउटस्ट्याण्डिङ म्यानेजर अवार्ड द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले पाएकी छन्। कार्यक्रममा अर्थसचिव डा. राजन खनाल उत्कृष्ट निजामती कर्मचारी विधामा सम्मानित भए। खनालले आउटस्ट्याण्डिङ सिभिल सर्भेन्ट अवार्ड प्राप्त गरे। 
म्यानेजर एक्सिलेन्स इन एजुकेसन विधामा युलेन्स स्कुलका प्रिन्सिपल मेदिनबहादुर लामिछाने सम्मानित भए। प्रधानमन्त्री केपी शर्मा ओलीले चारैजनालाई सम्मान प्रदान गरेका छन्। 

सम्मानित भएपछि बोल्दै पोखरेलले आफूलाई दिएको सम्मानले सम्पूर्ण युवाहरूलाई उत्साहित बनाएको बताए। यस्तै श्रेष्ठले यो सम्मानले आफूलाई अझ सशक्त बनाएको उल्लेख गरिन्।

अर्थसचिव खनालले वित्तीय संघीयता कार्यान्वयनको जटिल काम नेपालले ६ महिनामा सम्पन्न गरेको उल्लेख गरे। उनले आफ्नो सेवा कालमा राजस्व क्षेत्रमा सुधारका केही काम गर्ने अवसर आफूले पाएको उल्लेख गरे। यस्तै लामिछानेले सार्वजनिक शिक्षा गुणस्तरीय र सबल नबनेसम्म समृद्धि दूरगामी र फलदायी नहुने उल्लेख गरे।