१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङ ओलम्पिकको सफलताका लागि फ्रेन्डसिप सोसाइटीको शुभकामना



अ+ अ-

काठमाडौंः चीनको राजधानी बेइजिङमा आगामी सन् २०२२ मा आयोजना हुने हिउँदे ओलम्पिक खेलको सफल आयोजनाका लागि ट्रान्स–हिमालयन फ्रेन्डसिप सोसाइटी नेपालले चीन सरकार र चिनियाँ जनतालाई बधाई दिएको छ ।

सोसाइटीद्वारा बुधबार जारी विज्ञप्तिमा चीनको राजधानी बेइजिङले गृष्मकालीन र हिउँदे दुबै ओलम्पिक खेल आयोजना गरेर एक ऐतिहासिक एवं दुर्लभ अवसर प्राप्त गरेको बताइएको छ । नेपालको छिमेकी मित्रराष्ट्र चीनले यस्तो भव्य प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेकामा पनि सोसाइटीले खुशी व्यक्त गरेको छ ।

बेइजिङमा आगामी सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म हिउँदे ओलम्पिक खेल हुँदैछ ।