१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध दिवसको सम्झना, देशभर नेकपाको कार्यक्रम



अ+ अ-

काठमाडौं । बुधबार जनयुद्ध दिवसको अवसरमा देशभर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले कार्यक्रम गर्दैछ । दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान साढे १० बजेपछि श्रद्धाञ्जली कार्यक्रम हुँदैछ ।

कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थिति रहने स्रोत बताएको छ ।

फागुन १ अर्थात जनयुद्ध सुरु भएको दिनको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानका लागी सयक्त रुपमा पहिलोपटक कार्यक्रम गर्न लागेको नेकपाले जनाएको छ । यसअघि तत्कालीन माओवादी घटक दलले फागुन १ गते मा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए ।