१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता खनाल र चिनियाँ राजदूत भेट



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध र आपसमा सहयोग हुँदै आएको अवगत गराउनुभयो । उहाँले आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र विकासको लागि अझ फराकिलो दायरामा सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो ।

नेता खनालले नेपाल एक चीन नीतिमा दृढ रहेको र यो भूमिलाई कुनै पनि चीन विरोधी क्रियाकलापमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

राजदूत यानछीले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गर्दै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पु¥याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धिमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।