१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिएको आरोपमा न्यायालयका सुब्बा पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत, बबरमहल, काठमाडौंका फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन् ।

चालिसेले सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग पाँच लाख घुस रकम माग गरि रहेको भन्ने सूचना उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

साथै नायव सुब्बा भोलानाथ चालिसेले अनुसन्धानको क्रममा बयान गर्दा उक्त बरामद रकम काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको ईजलाशमा बिचाराधिन रहेको मुद्दा मिलाइदिने कार्यको लागि लिएको बताएका छन् ।

उनले सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गरी दिने भनी न्यायाधीश बाबुकाजी बानियाँको सल्लाह र सहमतिमा लिएको भनी उल्लेख गरेका हुन् ।