१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रासस शोधवृत्ति’ सिलवाललाई



अ+ अ-

काठमाडौँ । रासस कर्मचारी युनियनले यस वर्षदेखि स्थापना गरेको ‘रासस शोधवृत्ति’ राससका समाचारदाता एवं स्थानीय समाचारदाता संयोजक प्रकाश सिलवालको ‘नेपाली सङ्घीयतामा समाचार समिति’ शीर्षकको अध्ययनका लागि दिइने भएको छ ।

सो युनियनका अध्यक्ष कालिका खड्काको अध्यक्षतामा बसेको बैठकले सिलवालले करीब चार वर्षको समय लगाएर गरेको उक्त अध्ययनका लागि रु दश हजार राशिसहितको शोधवृत्ति दिने निर्णय भएको हो । सो शोधवृत्ति रकम यही फागुन ७ गते राससमा आयोजना हुने राससको ५८ औँ वार्षिकोत्सव समारोहमा हस्तान्तरण हुनेछ ।

सङ्घीय नेपालका लागि मुलुकको एक मात्र आधिकारिक र विश्वसनीय समाचार समिति राससको सान्दर्भिकता थप भएको र यसले आफूलाई प्रतिस्पर्धी, आधुनिक, स्वायत्त तुल्याई खोजमूलक समाचारमा केन्द्रित हुुनुपर्ने सुझाव दिइएको उक्त अध्ययनको पुस्तक ‘बिएन पुस्तक संसार’ बाट प्रकाशनका क्रममा छ । अध्ययनले प्रदेश तहमा समाचार समितिका संरचना, सेवा र पहुँचका सम्बन्धमा विवेचनासमेत गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर उनन्चालीस वर्षीय सिलवाल विभिन्न सञ्चारमाध्यमको अनुभवसहित नौ वर्षअघि राससमा प्रवेश गरेका थिए । नुवाकोट यसअघि ‘क्षितिजको आशय’ (कविता) र ‘पूर्णिमाको रात’ (निबन्धसङ्ग्रह) प्रकाशित छन् । सो युनियनका सल्लाहकार तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रासस शाखाका संस्थापक अध्यक्ष सिलवाल शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष पनि हुन् ।