१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी युवराजले इन्डोनेसियाको पनि भ्रमण गर्ने



अ+ अ-

जाकार्ता । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अर्को हप्ता इन्डोनेसियाको भ्रमण गर्नुहुने भएको छ । सलमानले पाकिस्तान र भारतको भ्रमण गर्ने समाचार आएसँगै इन्डोनेसियाको पनि भ्रमण गर्ने समाचार सार्वजनिक भएको हो ।


एसियाली राष्ट्रको भ्रमण गर्ने सिलसिलामा उहाँले म्ुलमानहरुको बाहुल्यता रहेको देश इन्डोनेसियाको पनि भ्रमण गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । उहाँले यसैक्रममा मलेसियाको पनि भ्रमण गर्नुहुने भएको छ । युवराज सलमानको दुई दिने इन्डोनेसिया भ्रमण आगामी सोमबारबाट शुरु हुन लागेको समाचारमा जनाइएको छ ।


“उहाँ यही फेब्रुअरी १८ मा इन्डोनेसिया आउनुहुने छ भने फेब्रुअरी १९ मा राष्ट्रपतिलाई भेट्नुहुने छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता जोहन बुडीले एएफपीसँग भन्नुभयो । इन्डोनेसिया आउनु भन्दा अगाडी उहाँ पाकिस्तान र मलेसियाको भ्रमण गर्नुहुने छ भने त्यसपछि उहाँ भारत जानुहुने छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको उहाँको भारत भ्रमण यही फेब्रुअरी १९ देखि सुरु हुने अधिकारीले जनाएका छन् ।

पाकिस्तानको दुई दिने भ्रमण भने यही फेब्रुअरी १६ तारिखदेखि गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।युवराज सलमानले यसअघि आफ्ना बुवासँग सन् २०१७ मा इन्डोनेसियाको भ्रमण गर्नु भएको थियो ।

आपसी सम्वन्ध र सहयोग आदान प्रदानका विषयमा भ्रमण केन्द्रीय हुने जनाइएको छ । विज्ञान, स्वास्थ्य र अपराधसँग सम्वन्धी विषयमा दुई देशबीच सम्झौता गर्ने तयारी भएको इन्डोनेसियाका अधिकारीहरुले बताएका छन् ।

युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्री, उच्च सरकारी अधिकारी, उच्चस्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन् ।

आसन्न भ्रमणको तयारीका लागि संवन्धित देशहरुले सुरक्षा व्यवस्थाको तयारीलाई तिव्र पारेका छन् भने साउदी अरबबाट पनि सुरक्षा टोली खटिएका छन् ।

त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली पनि सम्वन्धित देशहरुमा गइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।