१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर र महेन्द्रनगरबीचको खेल वर्षाको कारण रद्द



अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर र महेन्द्रनगरबीचको खेल चलिरहँदा पानी पर्न थालेपछि खेल रद्द भएको हो । खेल रद्द भएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाउँदा पानी पर्न थालेको थियो । पानी परेपछि विराटनगरलाई भने केही राहात मिलेको छ ।