१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिगव्यास : मेलबर्न फाइनलमा, सन्दीपले विकेट लिन सकेनन्



अ+ अ-

काठमाडौँ । होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बेलिराइभ ओभलमा आज सम्पन्न सेमिफाइनल खेलमा १५४ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको मेलबर्न स्टार्सले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

मेलबर्नमा कप्तान ग्लेन म्याक्श्वेलले अविजित ४३ र सेब गोट्चले ३३ रन बनाए । मेलबर्नकालागि पिटर ह्यान्डस्कोम्बले ३५, मार्कुस स्टोइनिस १८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हुरिकेन्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५३ रन बनाएको थियो । हुरिकेन्सका लागि बेन म्याकडर्मोटले ५३ र जर्ज बेलीले ३७ रन बनाए ।

बलिङतर्फ ड्यानियल वोरलले चार विकेट लिए ।

अब बिग ब्यास लिगको उपाधिका लागि मेलबर्नले मेलबर्न रिनेगेडस र सिड्नी सिक्सर्ससँगको विजेतासँग खेल्नेछ ।