१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिग : चेल्सीको कठिन जित, आर्सनल पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले माल्मो एफएफलाई २–१ गोलअन्तरले पराजित गर्दै युरोपा लिग फुटबलअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा जित हात पारेको हो । चेल्सीको जितमा रोस बारक्लीले र ओलिभर जिराउडले गोल गरे । यता, माल्मोका लागि एन्डर्स क्रिष्टियनसेनले गोल गरे ।

खेलको ३०औं मिनेटमा नै बारक्लीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनकै गोलमा चेल्सीले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । ५८औं मिनेटमा जिराउडले गोल गर्दै चिल्सीलाई २–० गोलको अग्रता दिलाए । ८० मिनेटमा क्रिष्टयनसेनले गोल गर्दै माल्मोलाई २–१ को स्थितिमा ल्याए पनि चेल्सीलाई रोक्न भने सकेनन् ।

त्यस्तै, अर्को खेलमा बाटे बोरिसोभसँग आर्सनल १–० गोलले स्तब्ध बनेको छ । पहिलो हाफमा नै गोल गर्दै बाटे बोरिसोभले अग्रता लिएको थियो । जुन अग्रतालाई निर्धारित समयसम्म कायम राखेपछि बलियो टिम आर्सनल १–० गोलअन्तरले पराजित भएको हो ।