![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/02/apharan-ko-natak-garne-yubakharu-1522019074832-1000x0-copy.png)
जनकपुर । भारतको पर्यटकीयस्थल गोवा घुम्नका जानको लागि पैंसा अपुग भएपछि पैंसाको जोहो गर्न आफ्नै अपहरणको नाटक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका २२ वर्षीय अजयकुमार साह , जनकपुरधाम–२३ का २० वर्षीय समसाद नदाफ र रौतहट जिल्ला गढीमाई नगरपालिका–८ वस्ने २५ वर्षीय अरविन्द यादव रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
उपरीक्षक खनालको अनुसार अजयले आफै काठमाडौं गएर आफ्ना दुबै साथीमार्फत आमा बुवालाई १५ लाख फिरौती माग्न लगाएका थिए । अजयका आमाबुवा ५ लाख फिरौती तिर्न तयार पनि भइसकेका थिए । गाउँलेको सल्लाहमा आमा रेखाकुमारी साहले जिल्ला प्रहरी कार्यालयमा छोरा अपहरण भएको निवेदन दिएपछि उनिहरु पक्राउ परेका हुन् ।
एसईईसम्म पढाई गरेका तीनै युवक लागूऔषध दुव्र्यसनी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।