३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोवा घुम्न आफ्नै अपहरणको नाटक गरेपछि……..



अ+ अ-

जनकपुर । भारतको पर्यटकीयस्थल गोवा घुम्नका जानको लागि पैंसा अपुग भएपछि पैंसाको जोहो गर्न आफ्नै अपहरणको नाटक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका २२ वर्षीय अजयकुमार साह , जनकपुरधाम–२३ का २० वर्षीय समसाद नदाफ र रौतहट जिल्ला गढीमाई नगरपालिका–८ वस्ने २५ वर्षीय अरविन्द यादव रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

उपरीक्षक खनालको अनुसार अजयले आफै काठमाडौं गएर आफ्ना दुबै साथीमार्फत आमा बुवालाई १५ लाख फिरौती माग्न लगाएका थिए । अजयका आमाबुवा ५ लाख फिरौती तिर्न तयार पनि भइसकेका थिए । गाउँलेको सल्लाहमा आमा रेखाकुमारी साहले जिल्ला प्रहरी कार्यालयमा छोरा अपहरण भएको निवेदन दिएपछि उनिहरु पक्राउ परेका हुन् ।

एसईईसम्म पढाई गरेका तीनै युवक लागूऔषध दुव्र्यसनी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।