१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला क्रिकेट टिम विश्वकप छनोट प्रतियोगिता खेल्न थाइल्यान्ड



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम थाइल्यान्ड प्रस्थान गरेको छ। शनिबार मध्याह्न आईसीसी महिला विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिता खेल्न थाइल्यान्ड प्रस्थान गरेको हो।

प्रतियोगिताको लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको शुक्रबार घोषणा गरिएको थियो। टिममा रुबिनासहित सीता रानामगर (उपकप्तान), इन्दु बर्मा, सोनु खड्का, सरिता मगर, नेरी थापा, काजल श्रेष्ठ, आरती विडारी, कविता कुँवर, रोमा थापा, अप्सारा बेगम, ममताकुमारी चौधरी, र विन्दु रावल छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय छन्। प्रतियोगिता फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने छ ।