२ भाद्र २०८३, मंगलवार
,
Latest
९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको गोल मार्फत बार्साको जित , लेभान्तेले सेल्टा भिगोलाई हरायो



अ+ अ-

काठमाडौँ । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भलाडोलिडमाथि कठिन जित हात पारेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रियल भलाडोलिडलाई १–० गोलको कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले गोल गरे ।

खेलको ४३औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा बार्सिलोनाले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।

खेलको दोस्रो हाफमा बार्सिलोनाले एकपछि अर्को उत्कृष्ट गोल गर्ने अवसर खेर फाल्यो । खेलको ८५औं मिनेटमा बार्सिलोनाले पुन पेनाल्टी पाएको थियो । यसअघि पेनाल्टीबाटै गोल गर्दै अग्रता दिलाएका मेस्सी यो पटक भने पेनाल्टीमा सफल हुन सकेनन् । उनले पेनाल्टीबाट गोल गर्न मिस गरेसँगै बार्सिलोनाले दोब्बर अग्रता बनाउनबाट चुकेको थियो ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानोलाई १–० गोलअन्तरले पराजित गर्दा लेभान्टेले सेल्टा भिगोलाई ४–१ ले र रियल सोसाइडेडले लेगानेसलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २४ खेलबाट ४७ अंक छ ।

एट्लेटिको म्याड्रिड शनिबार राति खेलिएको खेलमा रायो भालेकानोलाई उसैको मैदानमा १–० गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। एट्लेटिको म्याड्रिडका लागि ७४औं मिनेटमा एन्टोइन ग्रिजम्यानले निर्णायक गोल गरेका थिए।

यसैगरी बार्सिलोना र एट्लेटिको म्याड्रिडभन्दा एक खेल कम खेलेको रियल म्याड्रिड ४५ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। रियल म्याड्रिडले आइतबार जिरोनासँग आफ्नो २४औं खेल खेल्दै छ। उक्त खेलमा विजयी भए रियल म्याड्रिड तालिकाको दोस्रो स्थानमा उक्लने छ।