१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते



अ+ अ-

अक्सफोर्ड । अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मंगलबार घटना भएको हो । 

विद्यालयका १५ बर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीन जनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन् ।

गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन् । घाइते भएका मध्ये एक जना शिक्षक रहेका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

घाइते मध्ये छ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु भएका तीन जना मध्ये दुई जना छात्रा रहेका छन भने एक जना छात्र रहेका छन् । (रासस-एएफपी)