१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती भोटेकोशीमा बाढीको जोखिम कायमै पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह



अ+ अ-

काठमाडौँ। स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित समुदायका अधिकार, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र समावेशिताका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकार, सङ्घीय संसद् र राजनीतिक दलसँग आग्रह गरेको छ ।

आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका संयोजक कर्णबहादुर नेपालीले संविधान संशोधनलाई दलित अधिकार थप सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले दलित समुदायको अर्थपूर्ण सहभागिताबिना संविधान संशोधनले सामाजिक न्यायको उद्देश्य पूरा गर्न नसक्ने उल्लेख गर्दै संशोधन प्रक्रिया सहभागितामूलक, समावेशी र मानवअधिकारमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

संस्थाले छुवाछूत तथा जातीय विभेदविरुद्धका संवैधानिक व्यवस्थालाई अझ प्रभावकारी बनाउन, राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न, भूमिहीन दलितको भूमि तथा आवास अधिकार स्पष्ट गर्न तथा राष्ट्रिय दलित आयोगलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग गरेको छ । रासस