१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव
अ अ+ अ-

काठमाडौं । स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ ।

पछिल्लो घटनाक्रमले युद्धविरामतर्फ अघि बढिरहेको प्रयासलाई गम्भीर धक्का पुर्‍याउँदै मध्यपूर्वलाई पुनः व्यापक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको छ । अमेरिकी सेनाले तेहरानले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित तीन व्यापारिक जहाजलाई लक्षित बनाएपछि जवाफी कारबाही गरिएको जनाएको छ ।

आक्रमणसँगै वासिङ्टनले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा कच्चा तेल बिक्री गर्न दिइएको अनुमति पनि रद्द गरेको छ । इरानले भने अमेरिकाको कदमको कडा विरोध गर्दै आफूले आवश्यक ठानेका सबै उपाय अपनाउने चेतावनी दिएको छ । अमेरिकी आक्रमणपछि अमेरिकी नौसेनाको पाँचौँ फ्लीट रहेको बहराइन तथा अमेरिकी सेनाका महत्त्वपूर्ण सैन्य आधार रहेका कुवेतमा मिसाइल चेतावनी जारी गरिएको थियो ।

दुवै देशलाई लक्षित गरी इरानबाट प्रहार भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यो घटनाक्रम इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि चलिरहेका बेला भएको हो । फेब्रुअरी २८ मा ८६ वर्षको उमेरमा युद्धको प्रारम्भिक चरणमै मारिएका खामेनीको अन्तिम संस्कार बिहीबार सम्पन्न हुने तालिका छ ।

अन्त्येष्टिपछि हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन गर्ने र इरानको विवादित आणविक कार्यक्रमबारे वार्ता अघि बढ्ने अपेक्षा गरिएको थियो । तर पछिल्ला आक्रमणले त्यस्तो सम्भावनामा अनिश्चितता थपेको छ ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र उसका सहयोगीमाथि आक्रामक टिप्पणी गर्दै इरान कुनै दबाबमा नझुक्ने बताउनुभयो ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार आक्रमणमा इरानका हवाई रक्षा प्रणाली, राडार र अर्धसैनिक इस्लामिक क्रान्तिकारी गार्डले प्रयोग गर्ने ६० भन्दा बढी तीव्र गतिको साना डुङ्गा निशाना बनाइएका छन् ।

ती डुङ्गा हर्मुज जलघाँटीमा व्यापारिक जहाजलाई रोक्ने तथा दबाब सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको अमेरिकी दाबी छ । सेन्ट्रल कमान्डले यो चरणको कारबाही सम्पन्न भएको जनाउँदै आवश्यक परे थप कदम चाल्न अमेरिका तयार रहेको स्पष्ट पारेको छ । इरानले अमेरिकी आक्रमण भएको स्वीकार गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केशम र सिरिक क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी कारबाहीलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै निर्णायक जवाफ दिने चेतावनी दिएको छ । साथै हर्मुज जलघाँटीको व्यवस्थापनमा कुनै विदेशी हस्तक्षेप स्वीकार नगर्ने अडान दोहोर्‍याएको छ ।

गत महिनाको अन्त्यमा पनि जलघाँटीमा यस्तै प्रकारका आक्रमण र अमेरिकी जवाफी कारबाही भएका थिए । त्यतिबेला पनि बहराइन र कुवेत लक्षित आक्रमण भएको थियो । यसपटकको घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाटो शिखर सम्मेलनका लागि टर्कीमा रहेका बेला भएको हो ।

यसैबीच अमेरिकाले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा तेल निर्यात गर्न दिइएको इजाजतपत्र रद्द गरेको छ । उक्त व्यवस्थाले इरानलाई वर्षौंपछि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरमा खुला रूपमा तेल बिक्री गर्ने अवसर दिएको थियो । इरानले यसअघि प्रतिबन्ध छल्दै चीनलाई सहुलियत मूल्यमा कच्चा तेल बिक्री गर्दै आएको आरोप लाग्दै आएको छ । जहाजमाथिको आक्रमणमा ओमानको तट नजिक यात्रा गरिरहेको एक तेल ट्याङ्करमा ठोक्किएपछि आगलागी भएको बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्रले जनाएको छ । इरानी सरकारी टेलिभिजनले चेतावनी बेवास्ता गरेपछि तरलीकृत प्राकृतिक ग्यास बोकेको अर्को जहाज आक्रमणमा परेको जनाएको भए पनि त्यसको प्रत्यक्ष जिम्मेवारी लिएको छैन । अन्य दुई जहाजमा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको र ती जहाजले आफ्नो यात्रा जारी राखेको बेलायती समुद्री निकायले जनाएको छ ।

युद्ध सुरु भएयता इरानले हर्मुज जलघाँटीमा कडा नियन्त्रण कायम राख्दै आएको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल र प्राकृतिक ग्यास यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले त्यहाँको अस्थिरताले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ ।

मङ्गलबार आक्रमणमा परेका जहाजहरूले इरानले तोकेको मार्गको सट्टा ओमानको तटीय मार्ग प्रयोग गरेका थिए । तेहरानले हर्मुज हुँदै आफ्नो स्वीकृत मार्ग मात्र सुरक्षित रहेको दाबी गर्दै अन्य मार्ग प्रयोग गर्ने जहाजमाथि कारबाही गर्ने चेतावनी पटक–पटक दिँदै आएको छ ।

कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कतारी ट्याङ्कर अल रेकयात माथिको आक्रमणलाई अन्तर्राष्ट्रिय जलयात्रा र विश्व ऊर्जा सुरक्षामाथिको अस्वीकार्य हमला भन्दै त्यसका लागि इरान पूर्ण रूपमा जिम्मेवार रहेको बताउनुभयो । इरान र संयुक्त राज्य अमेरिका ६० दिनसम्म जहाजलाई कुनै शुल्कबिनै आवतजावत गर्न दिने अन्तरिम सहमतिमा पुगेका थिए ।

तर इरानले जहाजको मार्ग आफैँले निर्धारण गर्ने र भविष्यमा त्यसका लागि शुल्क लिने प्रस्ताव अघि सारेपछि विवाद चर्किएको हो । अमेरिका र अधिकांश खाडी राष्ट्रहरूले भने हर्मुज जलघाँटी प्रयोग गरेबापत कुनै शुल्क तिर्न नसकिने स्पष्ट पार्दै आएका छन् ।