१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
अ अ+ अ-

वागमती। सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी बन्दै गएको छ ।

नागरिकमैत्री सेवा प्रवाह गर्दै सरकारप्रति नागरिकको विश्वास र भरोसा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत हुलाक सेवामार्फत मकवानपुरमा हालसम्म करिब २०० राहदानी सेवाग्राहीका घरमा पु¥याइएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेले राससलाई जानकारी दिनुभयो ।

“घरमै राहदानी लिन चाहने सेवाग्राहीबाट जिल्ला प्रशासन कार्यालयमै हुलाक सेवाका कर्मचारीमार्फत पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पिआइटिएस) मार्फत रु ५५ शुल्क बुझाइन्छ,” उहाँले भन्नुभयो, “राहदानी विभागबाट राहदानी प्राप्त भएपछि हुलाक कार्यालयका कर्मचारीले सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गर्ने गरेका छन् ।”

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूची स्वीकृत गरेको थियो ।

उक्त कार्यसूचीको २७औँ बुँदामा हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने तथा त्यसमार्फत राहदानी, नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत सरकारी कागजात तथा सामग्री घरमै पु¥याउने व्यवस्था सय दिनभित्र लागू गर्ने उल्लेख गरिएको थियो । रासस