४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली

पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली
अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टी संसदीय दलको विधानमा राखिएको प्रावधानलाई प्रधानमन्त्री बालेन्द्र साहलाई हटाउने भनि गलत नियतका साथ अपब्याख्या गरिएको दावी गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बुधवार प्रधानमन्त्री बालेन्द्र साहलाई संसदीय दलको नेताबाट जुनसुकै बेला पनि हटाउन सक्ने भनि राखिएको प्रावधानबारे सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि उपनेता पराजुलीले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले विधानमा पार्टी संसदीय दलको नेता मात्रै नभएर पार्टी सभापति रवि लामिछाने, उपनेता म स्वयमको पनि हटाउन सक्ने प्रावधान राखिएको तर संसदीय दलको नेता मात्रै हटाउने प्रावधान राखिएको भनेर त्यसको अपब्याख्या गर्न खोजिएको दाबी गर्नुभयो ।

उहाँले पार्टीको विधान कुनै व्यक्ति वा पदलाई हेरेर भन्दा पनि पार्टीको प्रभावकारितालाई हेरेर बनाउने भएकाले सोही अनुसार बुझन उपयुक्त हुने धारणा समेत राख्नुभयो ।

उपनेता पराजुलीले सबै पार्टीको विधानमा संसदीय दलको नेतालाई हटाउने व्यवस्था विधानमा गरेको हुने तथ्य पनि नभुल्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।