२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको टिम बिग ब्यास रेनेगेड्स विरुद्ध भिड्दै



अ+ अ-

विश्व चर्चित बिग ब्यासको फाइनल खेलमा आज नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टोली मेलवर्न स्टार्स र मेलवर्न रेनेगड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९:३० देखी मेलबर्नमा सुरु हुनेछ ।

आरोन फिन्च कप्तान रहेको रेनेगड्समा डायनियल क्रिष्टियन, केन रिरचड्सन, मार्कस ह्यारिस जस्ता स्टार खेलाडी छन् । सन्दीपको मेलवर्नमा मार्कस स्टोइनिस, पिटर हेन्डसकम्व, ग्लेन म्याक्सवेल, ड्वेन ब्राभो, एडम जाम्पा प्रमुख खेलाडी हुन् । यी दुवै टोली पहिलो बिग ब्यास उपाधि जित्ने लक्ष्यसहित मैदान प्रवेश गर्ने छन् ।

सन् २०११ देखि सुरु भएको बिग ब्यासमा मेलवर्न स्टार्स दोस्रो पटक फाइनल खेल्दा रेनेगड्स पहिलो पटक फाइनलमा पुगेको छ । समुह चरणको खेलमा स्टार्सले रेनेगड्सलाई ६ र ७ विकेटले पराजित गरेको थियो । त्यसैले स्टार्स बलियो मनोबलका साथ मैदान प्रवेश गर्दा समुह चरणको बदला लिने सोचका साथ रेनेगड्स मैदान उत्रने छ । एजेन्सी