२ भाद्र २०८३, मंगलवार
,
Latest
९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको टिम बिग ब्यास रेनेगेड्स विरुद्ध भिड्दै



अ+ अ-

विश्व चर्चित बिग ब्यासको फाइनल खेलमा आज नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टोली मेलवर्न स्टार्स र मेलवर्न रेनेगड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९:३० देखी मेलबर्नमा सुरु हुनेछ ।

आरोन फिन्च कप्तान रहेको रेनेगड्समा डायनियल क्रिष्टियन, केन रिरचड्सन, मार्कस ह्यारिस जस्ता स्टार खेलाडी छन् । सन्दीपको मेलवर्नमा मार्कस स्टोइनिस, पिटर हेन्डसकम्व, ग्लेन म्याक्सवेल, ड्वेन ब्राभो, एडम जाम्पा प्रमुख खेलाडी हुन् । यी दुवै टोली पहिलो बिग ब्यास उपाधि जित्ने लक्ष्यसहित मैदान प्रवेश गर्ने छन् ।

सन् २०११ देखि सुरु भएको बिग ब्यासमा मेलवर्न स्टार्स दोस्रो पटक फाइनल खेल्दा रेनेगड्स पहिलो पटक फाइनलमा पुगेको छ । समुह चरणको खेलमा स्टार्सले रेनेगड्सलाई ६ र ७ विकेटले पराजित गरेको थियो । त्यसैले स्टार्स बलियो मनोबलका साथ मैदान प्रवेश गर्दा समुह चरणको बदला लिने सोचका साथ रेनेगड्स मैदान उत्रने छ । एजेन्सी