३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोजरको जथाभावी प्रयोगले बस्ती नै जोखिममा, रक्षा र गृहमन्त्रालय मौन



अ+ अ-

कालिकोट । निरन्तर वर्षा र डोजरले सडक खनेपछि कमजोर भएको चट्टान भाँसिदा बस्ती नै विस्थापित भएको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं१ र २ को सेरीज्युलामा पहिरोका कारणले बस्ती नै विस्थापित भएको हो ।

ग्रामीण कृषि सडक निर्माण गर्दा डोजरको जथाभावी प्रयोग गरेको कारण चट्टानहरु कमजोर बन्न पुगेको थियो । उक्त कमजोर भएको चट्टान निरन्तर वर्षाका कारण भासिएर ढुंगा गाँउतिर खस्न लाग्दा सेरीज्यूलाको बस्ती जोखिममा परेको वडा अध्यक्ष भरत बिकले बताए ।

निरन्तर बस्तीमा गाउँमाथिबाट ठुलो ठुला ढुंगा खस्न लागेपछि स्थानियहरु थातथलो छाडेर अन्यन्त्र जान बाध्य भएका हुन् ।,

गाउँमाथिबाट पहिरो आउने खतरा बढेपछि स्थानीय २५ घरपरिवार अहिले गोठमा बस्न थालेको शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । अहिले त्यो गाउँका २५ घरपरिवार गोठ र आफन्तकोमा बस्न थालेका छन् ।

उच्च जोखिम रहेकाले बस्तीलाई सुरक्षित गर्न ढुंगा फुटाउनुपर्ने भएकाले रक्षा मन्त्रालय र गृहमन्त्रालयमा आग्रह गरिएको गाँउपालिका अध्यक्ष शाहीले बताए ।