२ भाद्र २०८३, मंगलवार
,
Latest
९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गलबारदेखि महिला फुटबल टोलीको बन्द प्रशिक्षण



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा शुरु गर्ने भएको छ ।

नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना गर्दैछ । एन्फा प्रवक्ता किरण राईका अनुसार शनिबार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाल आज स्थलमार्गबाट झापा हुँदै इटहरी आउने र मङ्गलबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ ।

भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपालले भारत र इरान जस्ता बलिया टोलीलाई पराजित गर्दै फाइनल खेलेको थियो ।

साफलाई लक्षित गर्दै नेपाल फर्किएलगत्तै महिला टोलीलाई बन्द प्रशिक्षणमा राख्न लागिएको प्रवक्ता राईले जानकारी दिए । बन्द प्रशिक्षणकै क्रममा साफ खेल्ने अन्तिम टोलीको नामावली सार्वजनिक गरिनेछ । राष्ट्रिय टिममा अहिले २३ खेलाडीलाई समावेश गरिएको छ ।

साफका लागि अन्तिम २० सदस्यीय टोलीको घोषणा हुनेछ । प्रवक्ता राईले भने “इटहरीमा बन्द प्रशिक्षण गर्दा त्यहाँको मौसममा ‘फिट’ हुन सजिलो हुन्छ”,।

यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा श्रीङ्कामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले निर्धारित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो ।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । यसघिका संस्करणमा नेपाल उपविजेतासम्म बनेको छ । नेपाली महिला टोली हालै म्यान्मामा भएको ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल भइसकेको छ ।